उपत्यकाबासी सोलुखुम्बेलीलाई सहयोग गर्न तयार छौंः सभापति बस्नेत

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाण्डौ सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले सोलुखुम्बुबाट काठमाडौं आई अस्थायी रुपमा बसोबास गर्ने जिल्लाबासीलाई सहयोग गर्ने बताएका छन् ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) भेरियन्टका कारण उपत्यकामा सरकारले गरेको निषेधाज्ञामा दैनिक रुपमा हातमुख जोड्न धौधौ हुनेहरुलाई सहयोग गर्ने बताएका हुन् । उपत्यकामा अस्थायी रुपमा बसोबास गरिरहेका दैनिक ज्यालादारी, मजदुर र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई समेत सहयोग गर्ने बताएका हुन् ।

सम्पर्क समितिको कार्य सम्पादन बैठकलाई सम्बोधन गर्दै सभापति बस्नेतले पछिल्लो समय निषेधाज्ञका कारण समस्यामा परेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर सहयोग गर्ने बताए । बैठकले वास्तविक पीडितको पहिचान गर्न सोलुखुम्बुको १ नगरपालिका सहित ७ गाउँपालिकामा २/२ जना संयोजक समेत तोकेको छ ।

सोलु दुधकुण्ड नगरपालिकाको संयोजकमा मानबहादुर मगर र कुलबहादुर मगरलाई तोकिएको छ । त्यसैगरी थुलुङ दुधकोशी गाउँपालिकाको संयोजकमा शौरभ बरुवाल र चर्नकुमारी राई, नेचासल्यान गाउँपालिकाको संयोजकमा हेमराज शर्मा र आस्था निरौला, खुम्बु पासाङल्हामु गाउँपालिकाको संयोजकमा फुनुरु शेर्पा र दोर्जी शेर्पा, माप्य दुधकोशी गाउँपालिकाको संयोजकमा चन्द्रबहादुर राई र नविन कार्की, लिखुपिके गाउँपालिकाको संयोजकमा प्रमिला खड्का र रामचन्द्र बस्नेत, सोताङ गाउँपालिकाको संयोजकमा विजय गुरुङ र उतमप्रसाद राई, महाकुलुङ गाउँपालिकाको संयोजकमा टार्जन कुलुङ र नलकधन कुलुङलाई तोकिएको छ ।

यसअघि पनि सम्पर्क समितिले उपत्यकामा बसोबास गरिरहेका जिल्लाबासी १ हजार ३ सयभन्दा बढी घरपरिवारलाई सहयोग गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार