आज मेघगर्जनसहित हावाहुरी, असिनापानी र हिमपातको सम्भावना !

Facebook Debugger

काठमाडौँ । देशका अधिकांश भूभागमा शनिबारको मौसममा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । उच्च पहाडी तथा हिमाली भूभागमा हल्का देखि मध्यम हिमपात को सम्भावना रहेको छ ।
यस्तै शनिबार राति देशका अधिकांश भूभागमा सामान्य बदली रहने छ । देशका पश्चिमी भूभागका थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वी भूभागका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ् असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार