७० हजार कोरोना संक्रमित निको भएर घर फर्के !

Facebook Debugger

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये ७० हजारभन्दा बढी निको भएर घर फर्केका छन् । अझै ५ हजारभन्दा बढी सङ्क्रमित उच्च जोखिममा छन् ।


पछिल्लो समय सबैभन्दा बढी चीनका नागरिक निको भएर घर फर्किएका हुन् । कोरोना फैलिएको स्थान वुहानमा पुगेर चीनका राष्ट्रपति सी चिनफिङले चीन कोरोना सङ्कटबाट माथि उठेको सन्देश दिएका छन् । सो क्रममा चीनका स्वास्थ्यकर्मीले लगाएको मास्क खोलेर सङ्क्रमण टाढिँदै गएकोमा खुसी व्यक्त गरेका थिए ।
अहिलेसम्म ८० हजार ९ सय ८१ जनामा सङ्क्रमण भेटिएको छ । जसमध्ये ३ हजार ९ सय १७ ले सङ्क्रमणका कारण ज्यान गुमाएका थिए । पछिल्लो समय जम्मा २१ वटा मात्र नयाँ सङ्क्रमित भेटिनुले चीन कोरोना सङ्कटबाट मुक्तहुँदै गएको देखाउँछ ।
विश्व स्वास्थ्य सङ्गठनले विश्वभर कोरोना फैलिएका देशको सङ्ख्या १ सय २३ भन्दा बढि भएको बताएको छ । हालसम्म १ लाख ३२ हजार ५ सय ६७ जना सङ्क्रमित भेटिएका छन्, भने ४ हजार ९ सय ४७ जनाको मृत्यु भइसकेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार