पहिलो कमेडि च्याम्पियन बन्दै हिमेश पन्तले पाए २५ लाख र डड्सन रेडी गो कार

Facebook Debugger

काठमाण्डौं । नेपालमै पहिलो पटक शुरु गरिएको रियालिटी शो कमेडि च्याम्पियनको उपाधि हिमेश पन्तले ले जितेका छन् । करिब ३ महिना अघिदेखि साप्ताहिक रुपमा कान्तिपुर टेलिभिजनबाट प्रशारण हुँदै आएको रियालिटी शोको ग्रान्ड फिनालेमा सबैभन्दा बढि भोट ल्याएर पन्तले कमेडि च्याम्पियनको उपाधी जितेका हुन् ।

कमेडि च्याम्पियनको ग्राण्ड फिनालेमा खड्गबहादुर पुन मगर (खबपु चञ्चल), हिमेश पन्त र सुमन कोइराला पुगेका थिए । खबपु वाईल्ड कार्डबाट पुनः कमेडि च्याम्पियनमा प्रवेश गरेका थिए । कमेडि च्याम्पियनका ३ प्रतियोगीलाई आम नागरिकमाझ पठाइएको थियो । निर्णायकहरुको सम्पूर्ण अधिकार आम नागरिकलाई दिइएको थियो ।
विजेता पन्तसहित ३ नै जना वल्र्ड टूरको लागि अब चाँडै निस्कने पनि बताइएको छ । विजेताले २५ लाख नगद र डड्सन रेडी गो कार पाएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार