कोरोनाबाट बेलायतमा ज्यान गुमाउने २४ घण्टामै दोब्बरले बढे !

Facebook Debugger

काठमाडौं । बेलायतमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या पछिल्लो २४ घण्टामै दोब्बरले बढेको छ ।

विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट हालसम्म बेलायतमा २१ जनाको मृत्यु भएको छ । वेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ बाट २१ पुगेको हो । पछिल्लो २४ घण्टामा ज्यान गुमाउने कोरोना भाइरसको संक्रमण भएका ‘जोखिमयुक्त समूह’का व्यक्तिहरु भएको बेलायतका प्रमुख मेडिकल अफिसरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
चीनको वुहानबाट फैलिएको कोरोनाले यतिबेला विश्वव्यापी महामारीको रुप लिएको छ । पछिल्लो समय चीनमा कोरोनाको प्रभाव कम हुँदै गएको भएपनि युरोपमा भने भयावह रुपमा कोरोना फैलिरहेको छ । हालसम्म संसारभर कारोनाबाट ५५ सय भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार