कोरोना रोक्ने प्रयास भैरहेको बेला स्पेनका प्रधानमन्त्रीकी पत्नीलाई कोरोना लागेपछि … !

Facebook Debugger

काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी पत्नीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्पेन सरकारले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री पत्नी डोनाबेगोना गोमेजलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री निवासमा गरिएको परीक्षणको क्रममा डोनालाई संक्रमण देखिएको हो । उनलाई प्रधानमन्त्री निवासमै आइसोलेसनमा राखेर उपचार गरिने जनाइएको छ । प्रधानमन्त्री पेड्रोले कारोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप देशभर आपतकालीन अवस्था लागु गरेको केही घण्टापछि नै पत्नी डोनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
डोनासँगै प्रधानमन्त्री सान्चेजलाई पनि आइसोलेसनमा राखिएको र उनीहरु दुवैको स्वास्थ्य राम्रो अवस्थामा रहेको जनाइएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार