कोरोना विरुद्ध भारतीय प्रधानमन्त्रीले सार्क भिडियो कन्फरेन्समा भने, ‘सँगै तयारी गरौँ, सँगै सफल हौँ’

Facebook Debugger

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कले कोरोना भाइरसको जोखिमसँग सँगसँगै लड्नुपर्ने बताएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट लड्न सार्क राष्ट्र प्रमुखहरुले साझा रणनीति बनाउनु पर्ने भन्दै आग्रह गरेका हुन् ।


‘हामीले सँगसँगै तयारी गर्नुपर्छ । सँगसँगै काम गर्नुपर्छ । सँगसँगै सफल हुनुपर्छ,’ आइतबार आयोजित सार्क भिडियो कन्फेरेन्समा मोदीले भने । सार्क सदस्यहरु एकजुट हुनुपर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावपछि आइतबार साँझ भिडियो कन्फेरेन्समार्फत सबै सदस्यहरु साझा रणनीति बनाउँदै छन् ।
मोदीले शनिबार साँझ सार्क एकजुट हुनुपर्ने धारणा सामाजिक सन्जालमार्फत राखेलगत्तै सबै सदस्यले यसमा चासो देखाएका थिए । मृगौला प्रत्यारोपणपछि आराम गरिरहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मोदीको प्रस्तावमा समर्थन गरेका थिए । लगत्तै सार्कका सबै सदस्यका कार्यकारी प्रमुखहरु भिडियो कन्फ्रेरेन्समार्फत साझा रणनीति बनाउन तयार भएका हुन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार