कोरोना विरुद्ध सार्क आपतकालीन कोष बनाउने मोदीले राखे प्रस्ताव ! [भिडियोसहित]

Facebook Debugger

काठमाडौं । भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रहरुमाझ कोभिड (१९) सार्क आपतकालीन कोष स्थापना गर्ने प्रस्ताव राखेको छ ।


कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न आफ्नो पहलमा भएको सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फ्रेन्स भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो प्रस्ताव राखेका हुन् । उक्त कोषमा भारतले तत्काल १० मिलियन अर्थात एक करोड अमेरिकी डलर दिने मोदीले घोषणा गरे ।
कोषमा जम्मा भएको रकम आपतकालीन कार्यमा जुन सुकै देशले प्रयोग गर्न सक्ने उनले बताए । भारतले विशेषज्ञ र डाक्टर संलग्र्न यापिड रेस्पोन्स टिम बनाइरहेको र टेष्ट किड जम्मा गरेको भन्दै उनले कुनै देशलाई आवश्यक भए सहयोग गर्ने बताए । महामारीजन्य रोगमा अनुसन्धान गर्न साझा मञ्च बनाउनुपर्ने भन्दै मोदीले भारतको मेडिकल रिसर्च काउन्सिलले पनि समन्गवय गर्नसक्ने बताए ।
छलफलमा बंगलादेश, पाकिस्तान र मान्दिभ्सले सार्क परराष्ट्रमन्त्रीहरुको पनि भिडियो कर्न्फेन्स गर्न र विश्व स्वास्थ्य संगठन जस्ता एजेन्सीहरुलाई पनि छलफलमा सहभागी गराउन प्रस्ताव गरेका थिए । साथै सबैले कोभिड–१९ को संक्रमणबाट जोगिन सार्क राष्ट्रहरुबीच सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस । 

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार