कोरोना विरुद्ध सार्क इमर्जेन्सी मेडिकल सेन्टर बनाउन प्रधानमन्त्री ओलीले गरे प्रस्ताव ! [भिडियोसहित]

Facebook Debugger

काठमाडौँ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन–सार्क सदस्य राष्ट्रबीच सार्क इमर्जेन्सी मेडिकल सेन्टर बनाउन प्रस्ताव गरेका छन् ।


सार्क भिडियो कन्फरेन्समा प्रधानमन्त्री ओलीले कोरोनाजस्ता प्रकोपसँग लड्न सार्कस्तरमा इमर्जेन्सी मेडिकल सेन्टर बनाउनुपर्ने प्रस्ताव गरे । यसैगरी कोरोनासँग लड्न जडिबुटीजस्ता परम्परागत औषधीमा जोड दिनुपर्ने ओलीको भनाइ छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन–सार्कमा कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि संयुक्त कोष प्रस्ताव गरेका छन् जसमा १ करोड अमेरिकी डलर भारतले राख्ने घोषणा पनि उनले गरेका छन् ।
आइतबार आयोजित सार्क भिडियो कन्फेरेन्समा मोदीले उक्त घोषणा गरे । उनले सार्क क्षेत्रमा कोरोना भाइरसलाई रोकथान गर्न सँगै सहकार्य गर्नुपर्नेमा जोड दिए । उक्त कोषलाई आठै राष्ट्रले आवश्यकताअनुसार प्रयोग गर्नसक्ने घोषणा पनि उनले गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस । 

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार