२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

पूर्वाञ्चल नाट्य यात्रा–२०७३



इटहरी, ५ कात्तिक । पूर्वाञ्चल नाट्य यात्रा–२०७३ अन्तरगत मण्डला थिएटर काठमाडौंसँगै सहकार्यमा लेट्स इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘मनचिन्ते फिरन्ते’ नाटक विहिबार सुनसरीको इटहरी र मोरङको विराटनगरमा प्रदर्शन गरिएको छ ।

पूर्वका सुनसरी, मोरङ र झापाका स्थानीय कलासँग सम्बन्धित संस्थासँगको सहकार्यमा मञ्चित सडक नाटकका कलाकारले दर्शकलाई मनग्ये मनोरञ्जन दिएर हँसाए । स्थानीय कलालयको सक्रियतामा इटहरीमा यो नाटक मञ्चन गरिएको हो । समसामयिक विषयमा गहिरो सन्देश सहितको नाटकले हाम्रो नेपाली सामाजमा के कस्ता घटनाहरु भइरहेका र ती घटनाबाट जीवजन्तु तथा मावनजगत्लाई के कस्तो प्रभाव पारिरहेको छ भन्ने कुरालाई पात्रमार्फत उजागर गर्ने प्रयास गरिएको छ नाटक ‘मनचिन्ते फिरन्ते’मा ।
natak-purbanchal

फाईल तस्वीर
घुम्ती रङ्गमञ्च नाटकमा कलाकार उमेश तामाङ, सुलक्षण भारती, बुद्धि तामाङ, राजन खतिवडा, दयाहाङ राई, सृजना सुब्बा, नाजिर हुसैन, सोमनाथ खनाल, विकास जोशी, शक्ति राई, आधा शूर, दीपक श्रेष्ठ, निमिष कट्टेल, प्रदीपकुमार चौधरी, शारदा अधिकारी, आर्जेश रेग्मी, अनिल कार्की, सुरेश कार्की, सिजन दाहाल, रोहित पौडेल, निशा कार्की, इँगीहोपो कोइँच सुनवार लगायतका कलाकारको सशक्त अभिनय रहेको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७३, शुक्रबार  ३ : ०० बजे