कोरोना भाइरस : कतारको क्वारेन्टाइनमा २ हजार नेपाली !

Facebook Debugger

काठमाडौं । कतारले कोरोना भाइरस अर्थात कोभिड-१९ को संक्रमण थप फैलिन नदिन जोखिम क्षेत्रमा परेका ४ वटा कम्पनीमा कार्यरत झन्डै ४ हजार कामदारलाई क्वारेन्टाइनमा राखेको छ ।


त्यहाँ कम्तीमा २ हजार नेपाली कामदार छन् । कतारमा कार्यरत कामदारको मुख्य बसोबास स्थल औद्योगिक क्षेत्र सनैयामा रहेका क्याम्पलाई क्वारेन्टाइन बनाइएको हो । उनीहरूलाई बिहीबारदेखि बाहिर निस्कन दिइएको छैन ।
क्वारेन्टाइनमा रहेका नेपालीले आफूहरूको स्वास्थ्य सुरक्षाका लागि नै क्वारेन्टाइनमा राखिएको भन्दै खुसी व्यक्त गरका छन् । ‘हामीलाई राखिएको ठाउँका ८ वटा बिल्डिङमा फरक-फरक कम्पनीमा काम गर्ने नेपाली छन् । यहाँका २ वटा बिल्डिङमा बस्ने २ जनालाई कोरोना संक्रमण देखिएपछि सबैलाई क्वारेन्टाइनमा राखिएको हो,’ क्वारेन्टाइनमा बसेका धनुषाका एक नेपालीले भने, ‘हाम्रो स्वास्थ्य जाँच गर्न हमाद अस्पतालबाट डाक्टर आए, सबै जाँच गररे गए । रिपोर्ट आइसकेको छैन ।’ क्वारेन्टाइनमा बस्नेमा कोठाभाडामा लिई बसेका नेपालीहरू पनि छन् रहेका छन् ।
क्वारेन्टाइनमा बस्नेमध्ये धेरैजसो सेल्सम्यानको काम गर्नेहरू छन् । ‘खाना हमाद अस्पतालबाटै आउँछ । कुनै समस्या छैन,’ उनले भने, ‘सुरुसुरुमा डर लागेको थियो । अब सामान्य लाग्न थालेको छ ।’ त्यही परिसरभित्र रहेका अर्घाखाँचीका एक नेपालीले सुरक्षा व्यवस्था निकै कडा रहेको आजको कन्तिपुर दैनिकले समाचार छापेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार