एकै दिन नेपालमा १३९ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड-१९)बाट दैनिक हुने मृत्यु नयाँ उचाईमा पुगेको छ । सोमबार कोरोना सङ्क्रमणबाट मृत्यु भएका १ सय ३९ जना मृतकको सूचीमा थपिएका छन् ।

यसअघि सबैभन्दा बढी आइतबार एकैदिन ८८ सङ्क्रमितको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कोभिड १९ सङ्क्रमणबाट मृत्युपछि नेपाली सेनाले गरेको शव ब्यवस्थापन समेत जोड्दा १ सय ३९ जना मृतक थपिएको प्रष्ट्याएको छ ।

मन्त्रालयले आइतबार समेत ५२ जनाको चौबीस घण्टामा मृत्यु भएको र बाँकी ३६ जना छुट्न गएको बिवरणसहित ८८ जनाको मृत्यु भएको उल्लेख गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरसबाट हालसम्म ३ हजार ८ सय ५९ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार