दिनप्रतिदिन कोरोना संक्रमणबाट मृतको संख्या बढ्दै, एकै दिन २२५ जनाको मृत्यु

140 Shares

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट एकै दिनमा २ सय २५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २ सय २५ जनाको शव व्यवस्थापन गरेको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ हजार ३ सय १६ नमुना परीक्षणमा ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ ।

जसमध्ये होम आइसोलेसनमा ८९ हजार ९ सय १४ र संस्थागत आइसोलेसनमा ७ हजार ९४ जना रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार ८४ जना आईसीयूमा र २ सय ९० जना भेन्टिलेटरमा रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना संक्रमणमुक्त भएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा २ हजार ७ सय ८८, रूपन्देहीमा ७ सय ९, ललितपुरमा ६ सय २, भक्तपुरमा ५ सय ३७ र बाँकेमा ५ सय ६ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै कास्कीमा ३ सय ७०, मोरङमा ३ सय ५०, कैलालीमा २ सय ९५, दाङमा २ सय ६५, झापा र सुर्खेतमा २ सय ६४/२ सय ६४ जना, सुनसरीमा १ सय ७४, धनुषामा १ सय ६५, काभ्रेपलाञ्चोकमा १ सय ५५, चितवनमा १ सय २४, कपिलवस्तुमा १ सय १७, मकवानपुरमा १ सय १६, धादिङमा १ सय १५ र पर्सामा १ सय १३ जना कोरोना संक्रमति थपिएका छन् ।

यस्तै स्याङ्जामा ९०, पाल्पामा ८४, अछाममा ८०, जाजरकोटमा ७७, नुवाकोटमा ७३, बर्दियामा ६५, गोरखामा ६४, सिन्धुपाल्चोकमा ५८, नवलपरासी पश्चिमा ५७, अर्घाखाँचीमा ५५, रूकुम पश्चिममा ४८, सिन्धुली र तनहुँमा ४७/४७ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै महोत्तरीमा ४१, लमजुङमा ३४, बारामा ३१, सर्लाही २९, रौतहट र कञ्चनपुरमा २८/२८ जना, नवलपरासी पूर्वमा २५, रामेछापमा २४, उदयपुरमा २२, सल्यानमा २१, धनकुटामा २०, सप्तरीमा १८, सिरहा, दोलखा र गुल्मीमा १५/१५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै ओखलढुंगामा १०, जुम्लामा ९, खोटाङ र सोलुखुम्बुमा ७/७ जना, बागलुङ र दैलेखमा ६/६ जना, म्याग्दीमा ५, रोल्पामा ४, भोजपुरमा ३ र इलाम, पाँचथर , कालिकोट र डोटीमा २/२ जना तथा ताप्लेजुङ, रसुवा, पर्वत, मुस्ताङ, प्युठान, डोल्पा, हुम्ला, बझाङ र बाजुरामा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै ९ वर्षमुनिका २ सय ४६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ६ सय ८६ जनामा कोरोना संक्रमित थपिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार