कर्मचारीमा कोरोना संक्रमण देखिएपछि लिखुपिके गाउँपालिका शील

378 Shares

सोलुखुम्बु । जिल्लाको लिखुपिके गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र केहि कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएपछि गाउँपालिका शील गरिएको छ ।

आइतबार गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले एक विज्ञप्ती जारी गर्दै अति आवश्यक काम बाहेक कार्यालयबाट कुनै पनि काम नहुने गरी शील गरिएको बताएका छन् । ‘गाउँपालिका क्षेत्रभित्र कोरोना भाइरस कोभिड–१९ को नयाँ भेरियन्ट सहितको संक्रमितहरु भेटिएकाले अर्को सूचना जारी नभएसम्मको लागि गाउँपालिका र कार्यालय शील गरिएको छ’ विज्ञप्तीमा भनिएको छ ।

हेर्नुहोस विज्ञप्ती

लिखुपिके गाउँपालिकामा शनिबार ३० जनाको स्वाव संकलन गरिएकोमा ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो सँगै लिखुपिकेमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

लिखुपिके गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर र केही होटल व्यवसायीमा समेत कोरोना पोजेटिभ देखिएपछि लिखुपिकेमा समुदाय स्थरमा कोरोणा फैलिएको हुन सक्ने संकेत देखिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत नै संक्रमित भएपछि अर्को सूचना जारी नभएसम्मका लागि गाउँपालिका शील गरिएको अध्यक्ष बस्नेतले बताए ।
केहिदिन अगाडि काठमाडौबाट घर आइ ज्वरोले बसेका दुई जनाको स्वाव परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि गाउँपालिकाले कोरोना रोकथाम र नियन्त्रणमा सक्रियता देखाएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार