आज तपाईको राशिफल यस्तो छ

आज २०७८ जेठ ३ गते, सोमवार । तदनुसार १७ तारिख मे २०२१ । वैशाख शुक्लपक्ष पञ्चमी तिथि (७ः४३ बजेदेखि षष्ठी), पुनर्वशु नक्षत्र (१०ः०४ बजेदेखि तिष्य), चन्द्रराशि-कर्कट ।

मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ । आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ । कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ । बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ । टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन् । दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ ।

वृषः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ । अरूको विश्वास जित्न केही समय लाग्नेछ । तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ । सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन् । मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ । भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीबाट जोगिएर काम गर्नुहोला ।

मिथुनः का, कि, कु, घ, ङ, छ, के, को, ह

अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ ।

कर्कटः हि, हु, हे, हो, डा, डि, डु, डे, डो

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

सिंहः मा, मि, मु, मे, मो, टा, टि, टु, टे

खर्च लागे पनि काम बन्नेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला । दोहोर्याएर प्रयत्न गर्दा अवरोध हट्न सक्छ । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ । भेटघाटका लागि समय अनुकूल नदेखिए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन् । केही खर्च बढ्नेछ । समयमा आलस्य गर्ने बानीले पछि परिनेछ । लगानी बढाउने अवसर भने प्राप्त हुनेछ ।

कन्याः टो, प, पि, पु, ष, ण, ठ, पे, पो

कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल–अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ । मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । पहिलेको ऋण तथा कर्जा पनि चुक्ता गर्न सकिनेछ ।

तुलाः र, रि, रु, रे, रो, ता, ति, तु, ते

विशेष कर्म प्राप्तिको योग छ । तर अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला । सानो उपलब्धि भए पनि ठूलो जिम्मेवारी बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग जुटे पनि आलोचकहरूले दुःख दिनेछन् । मिहिनेतले काम सिद्ध गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ । व्यापारमा सामान्य फाइदा हुनेछ ।

वृश्चिकः तो, ना, नि, नु, ने, नो, या, यि, यु

सम्भावना र अवसर खोजी गर्ने समय छ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ । तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ । अध्ययनमा प्रगति हुनेछ ।

धनुः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

स्वास्थ्य कमजोर रहनेछ भने केही प्रतिकूल परिस्थितिसँग जुध्नुपर्नेछ । अशक्त अवस्थामा व्यस्तता बढ्नेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । हुलमुलमा धनमाल हराउन सक्छ । प्राथमिकताका आधारमा काम अघि बढाउन नसकिएला । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त गर्न समय लाग्नेछ । विवादास्पद निर्णयले समस्या निम्त्याउन सक्छ ।

मकरः भो, ज, जि, खि, खु, खे, खो, गा, गि

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथ जुट्नाले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ । खर्च लागे पनि भौतिक वस्तुहरू जुटाउन सकिनेछ । शुभचिन्तकहरूको सहयोगले सजिलै काम बन्नेछ ।

कुम्भः गु, गे, गो, सा, सि, सु, से, सो, द

भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ । साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ । प्रतिपक्षीहरू समेत परिस्थितिले सहयोगी बन्नेछन् । प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । पहिले दुश्मनी गर्नेहरूले भने केही समस्या निम्त्याउन सक्छन्, सजग रहनुहोला ।

मीनः दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अरूका लागि बुद्धि खर्चनुपर्ला । स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । धैर्य एवं लगनशीलताले उपलब्धि दिलाउनेछ । घरेलु काममा बाधा हुनेछ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार