कोरोना भाइरसका कारण युवा फुटबल प्रशिक्षकको मृत्यु !

Facebook Debugger

 

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा एकजना युवा फुटबल प्रशिक्षकको मृत्यु भएको छ । ल्युकेमियाबाट पनि ग्रसित रहेका २१ वर्षे फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको मृत्यु भएको हो ।

उनी मालागामा रहेको एथ्लेटिको पोर्ताडा अल्ताको युवा टिमका प्रशिक्षक थिए । कोरोना भाइरसको संक्रमणको लक्षणसहित उनी अस्पताल गएपछि मात्रै उनमा क्यान्सर पनि रहेको थाहा भएको थियो ।
उनलाई स्वासप्रस्वासमा समस्या भएको थियो । उनी अस्पताल गएपछि कोरोना भाइरस तथा निमोनियासँगै क्यान्सर पनि रहेको थाहा भएको थियो । उनको आइतबार अबेर मृत्यु भएको हो ।
मालागामा कोरोना भाइरसका कारण निधन उनी कम उमेरका व्यक्ति हुन् । मालागामा कोरोनाका कारण मृत्यु भएका अरु ४ जना ७० वर्ष भन्दा माथिको उमेरका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार