अमेरिकन आइडलमा नेपाली युवाको प्रस्तुति देखेर जज बने चकित ! [भिडियोसहित]

Facebook Debugger

काठमाडौं । अमेरिकी आइडलमा दमदार प्रस्तुति दिएर चर्चामा आएका नेपाली गायक दिवेस पोखरेलले अर्को उत्साहजनक प्रस्तुति दिएका छन् । पहिलो जसरी नै उनको यस प्रस्तुतिले पनि जज र उपस्थित दर्शकहरूको मन जितेको छ । अमेरिकन आइडलले आफ्नो आधिकारिक युट्युब च्यानलमा राखेको भिडियोमा दिवेश अडिसनमा छनोट भएपछि लस एन्जलसको हलिउड पुगेको देख्न सकिन्छ ।


जहाँ उनले अर्का एक प्रतिस्पर्धीलाई आफ्नो परिचय दिँदै आफू सगरमाथाको देश नेपालबाट आएको भनेका छन् । उनले लस हलिउडमा आफ्नो अनुभव सुनाउँदै सबै चमकदार र हिराजस्तै सुन्दर भएको बताएका छन् । यसपछि उनले आफू गायकसहित गीत लेखक दुवैमा पर्ने बताए र दोस्रो प्रस्तुतिका लागि स्टेजतर्फ लाग्छन् जहाँ उनलाई जज र दर्शकहरूले उत्साहपूर्वक स्वागत गरेको देख्न सकिन्छ ।
नमस्ते भनेर अभिवादन गरिसकेपछि उनले पहिले जसरी नै गितार बजाउँदै ‘हार्ड टु ह्यान्डल’ नामक गीत गाउन सुरु गर्छन् र फेरि पनि जजहरूलाई आश्चर्यमा पार्छन् । यसरी प्रस्तुति पूरा भइसकेपछि पनि सबैले ‘मोर मोर’ भनी उनलाई अझै गाइरहन भन्छन् । जस कारण उनले थप केही बेर गाउँछन् । स्टेज बाहिर पुगिसकेपछि उनले आफू दर्शक र जजहरूको मन रिझाउन सफल भएको बताएका छन् । यता जजहरूले पनि दिवेसको प्रस्तुतिले विश्व चर्चित गायक बब मार्लीको याद दिलाएको भनी अन्तिमसम्म उनको प्रशंसा गरेका छन् ।
उनमा बब मार्लीको जस्तै ‘स्पिरिट’ भएको भन्दै उनीहरू उत्साहित भएका हुन् । अमेरिकन आइडलको १८ औँ सिजनमा पुग्न सफल दिवेशले एक महिनाअघि दिएको प्रस्तुतिलाई जजसमेत रहेकी लोकप्रिय गायिका क्याटी पेरीले ‘तिमी उत्कृष्ट छौ’ भन्ने हौसला बढाइदिएकी थिइन् । अर्का जज लुक ब्रायनले दिवेशलाई प्रतिभा शाली कलाकार भनेर तारिफ गरेका थिए । भने जज लियोनल रिचीले आगामी यात्राको शुभकामना दिएका थिए । दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा पाँच वर्षदेखि बस्दै आएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस । 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार