दीपावली र छठमा सम्पूर्ण शल्यक्रिया निःशुल्क

0 Shares

मोरङ, ५ कात्तिक । विराट मेडिकल कलेज टिचिङ अस्पताल टङ्कीसिनबारी विराटनगरले नेपालीको दीपावली र छठ पर्वका अवसरमा चिरेर गरिने सम्पूर्ण शल्यक्रिया निःशुल्क गर्ने भएको छ ।

मेडिकल कलेजले चिरफार गरेर गरिने सम्पूर्ण शल्यक्रिया निःशुल्क गरिएकोे अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्कीले बताउनुभयो । अध्यक्ष डा कार्कीका अनुसार थोरै खर्चमा धेरै बिरामीले फाइदा लिऊन् भन्ने सो कलेजको मुख्य उद्देश्यले निःशुल्क शल्यक्रिया गर्न लागिएको हो ।

birad-medical-hospital

फाईल तस्वीर
विराट मेडिकल कलेज टिचिङ अस्पतालले अगामी दिनमा विभिन्न गाउँ र बस्तीबीच शिविर सञ्चालन गरेर लक्षित समुदायमा सेवा पु¥याउने पनि अध्यक्ष कार्कीको भनाइ छ । अध्यक्ष कार्कीका अनुसार सो टिचिङ अस्पतालसँग स्तरीय मेसिन र विशेषज्ञ चिकित्सक छन् ।

सो मेडिकल कलेजका व्यवस्थापक प्रमुख कृष्ण कँडेलले गरिब तथा निमुखा जनताका लागि अब सर्वसुलभ र आर्थिक विपन्न भएका परिवारलाई निःशुल्क उपचार गरिने समेत बताए । मेडिकल कलेजले सबै सस्तो र राम्रो उपचार गरिरहेको हुनाले पूर्वाञ्चलका विभिन्न स्थानबाट आउने कोसी राजमार्गमा नै रहेको हुनाले ट्रमा सेन्टरका रुपमा विकास गरिने समेत व्यवस्थापक प्रमुख कँडेलले बताए ।

सो अस्पतालले विभिन्न उपचार, स्वास्थ्य सेवा ओपिडी, जनरल वार्ड, अत्याधुनिक सुविधा सम्पन्न आइसियु, एनआइसियु, शल्यक्रिया थिएटर, गर्भवती जाँच, निःशुल्क डेलिभरी, रक्तसञ्चार/सञ्चय केन्द्र, अत्याधुनिक प्याथोलोजी, डिजिटल एक्स–रे तथा भिडियो एक्स–रे सेवा, सिटी स्क्यान सेवा र लिथोट्रिप्सी (नचिरीकन किड्नीमा भएको पत्थरीको उपचार गर्ने प्रक्रिया) सेवा साथै दूरबिनबाट पित्तथैलीमा भएको पत्थरी, एपेन्डिक्स तथा पाठेघरको शल्यक्रिया जस्ता रोगको निदान गर्दै आएको जानकारी कलेजका प्रसाशन प्रमुख सुधीरसिंह राठौरले दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार