कोरोनाबाट पाकिस्तानमा पहिलो मृत्यु, संक्रमितको संख्या १ सय ८६ पुग्यो !

Facebook Debugger

काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानमा पनि १ जनाको मृत्यु भएको छ ।


लाहौरको मायो अस्पतालमा भर्ना भएका इमरान नाम गरेका व्यक्तिको मृत्यु भएको हो । उनी पाकिस्तानको हफीजाबादका बासिन्दा हुन् । इमरान हालै इरानबाट फर्केका थिए ।
पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या १ सय ८६ पुगेको छ । कोरोना फैलिन नदिन पाकिस्तान सरकारले आम नामगरिकलाई आवश्यक परे मात्र हिडडुल गर्न अनुरोध गरेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार