युभेन्टसका २ खेलाडीमो कोरोना भाइरसको संक्रमण !

Facebook Debugger

काठमाडौं । इटालियन सिरी ए फुटबल क्लब युभेन्टसका अर्का एक खेलाडीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । युभेन्टसका मिडफिल्डर ब्लेज माटुइडीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।


विश्वकप विजेता फ्रान्सेली खेलाडी ब्लेज (३२) कोरोना भाइरसको लक्षण देखिएपछि १ हप्ता अघि (मार्च ११) देखि स्वतन्त्र रुपमा आइसोलेसनमा थिए र अहिले उनमा संक्रमण पुष्टि भएको युभेन्टसले जनाएको छ ।
यसअघि युभेन्टसका सेन्टर–ब्याक डानिएले रुगानीलाई गएको हप्ता कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो । इटालीमा सबै आन्तरिक फुटबल गतिविधिहरु कम्तिमा आउँदो अप्रिल ३ सम्मका लागि स्थगित भएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार