आइओसी सदस्यले भनिन्, ‘टोकियो ओलम्पिक तोकिएकै मितिमा गर्नु गैरजीम्मेवार’

Facebook Debugger

काठमाडौं । अन्तराष्ट्रिय ओलम्पिक कमिटिकी सदस्य हेली वेकेनहाइजरले ‘टोकियो ओलम्पिक तोकिएकै मितिमा नगर्न आग्रह गरेकी छिन् । विश्वव्यापी महामरीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण जापानमा हुन लागेको टोकियो ओलम्पिक खेल तोकिएकै मितिमा गर्नु असंवेदनशील र गैरजीम्मेवारी भएको बताएकी हुन् ।


‘ओलम्पिक खेलभन्दा संकट ठूलो छ,’ सदस्य हेलीले भनिन, ‘अबको ३ महिना सकेसम्म भिडभाड परित्याग गर्नुपर्नेमा यस्तो भिडभाड हुने खेलले झन बढि संक्रमणको खतरा बढ्छ ।’
यो वर्षको ओलम्पिक खेल आउँदो जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय भएको छ । जापानले तोकिएकै समयमा खेलको आयोजना गर्ने भने पछि कमिटि हेलीले विरोध गरेको बताइएको छ । तर जापानले आफ्नो निर्धारित मितिमै खेल सम्पन्न गर्ने रहेको बताउँदै आएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार