कोरोना त्रास : १६ वायुसेवा कम्पनीले रोके काठमाडौं जोड्ने २२ गन्तव्यका उडान !

Facebook Debugger

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन सरकारले विदेशबाट नेपाल आउने पर्यटकमाथि कडाइ थालेको छ । जस अनुसार काठमाडौं अब विदेशी गन्तव्यबाट क्रमशः अलग भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार अहिले नेपालमा दैनिक ६५–७० उडान गर्ने गरी वायुसेवा कम्पनीले उडान अनुमति लिएका छन् ।


तर, १० मार्चबाट सरकारले अनअराइभल भिसा बन्द गरेपछि क्रमशः उडान कटौती शुरु भएको छ । अहिले अन्तराष्ट्रियतर्फ दैनिक आधाभन्दा बढी उडान रद्द तथा कटौती भइसकेका छन् । त्यसमाथि नेपालीसहित विदेशी मुलुकका नागरिकलाई विदेशी गन्तव्यमा समेत प्रवेश प्रतिबन्ध लागेसँगै वायुसेवा कम्पनीहरुले धमाधम उडान कटौती गरिरहेका छन् ।
मंगलबार मात्र नेपाल वायुसेवा निगमले मलेसिया उडान स्थगित गरेको छ । मलेसिया उडान नेपालको कारणले नभई मलेसिया सरकारले विदेशी नागरिकलाई लगाएको प्रवेश निषेधका कारण प्रभावित बनेको हो ।
१६ कम्पनीद्वारा २२ गन्तव्यको उडान रद्द : प्राधिकरणको मंगलबार साँझसम्मका तथ्यांकअनुसार कूल १६ वटा कम्पनीले २२ वटा गन्तव्यको उडान झिकिसकेका छन् । यसमध्ये चिनियाँ कम्पनीबाट भइरहेका सबैभन्दा धेरै उडान र गन्तव्य रद्द भएका छन् । यसबाहेक नेपाल एयरलाइन्सले भारतीय शहरमा गरिरहेका उडान रद्द गरेको छ ।
नेपालका तीन वटै अन्तराष्ट्रिय वायुसेवा कम्पनी (हिमालय एयरलाइन्स, बुद्ध एयर र नेपाल एयरलाइन्स)को विजनेस कोरोनाका कारण नराम्रोसँग प्रभावित बनेको छ । बुद्धले बनारस उडान फिर्ता गरिसकेको छ । अतिप्रभावित क्षेत्रबाट हिमालयले सबै उडान फिर्ता गरिसकेको छ । नेपाल एयरलाइन्सले समेत प्रतिकूल क्षेत्रबाट क्रमशः उडान कटौती गरिरहेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार