‘कोरियामा कुनै पनि नेपालीलाई कोरोना सङ्क्रमण छैन’ : राजदूतावास

Facebook Debugger

काठमाडौं । दक्षिण कोरियामा रोजगारको शीलशीलामा पुगेका कुनै पनि नेपाली नागरिकलाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । दक्षिण कोरियास्थित नेपाली राजदूतावासका श्रमसहचारी डिल्लीराम बाँस्तोलाका अनुसार अहिलेसम्म कुनै नेपालीलाई कोरोनाको संक्रमण पुष्टि नभएको बताएका हुन् ।


दक्षिण कोरियामा कोभिड-१९ बाट सङ्क्रमित विदेशी नागरिकको सङ्ख्या ६० नाघेको छ । कोरिया सरकारले सार्वजनिक गरेको तथ्याङ्कानुसार कोरियामा बस्ने चिनियाँ सबैभन्दा धेरै ३८ जना सङ्क्रमित छन् । दोस्रामा अमेरिकी नागरिक ७ जना छन् ।
त्यस्तै भियतनामी, मङ्गोलियाली, थाइल्याण्डवासी, अष्ट्रेलियाली र अर्जन्टिनी २/२ जना सङ्क्रमित छन् । यसैगरी जापानी, इण्डोनेशियाली, मलेसियाली, उज्वेकिस्तानी र पोल्याण्डवासी १/१ जना सङ्क्रमित भएको तथ्याङ्क कोरियाली सरकारले सार्वजनिक गरेको छ ।
कोरियामा कोभिड-१९ को सङ्क्रमणबाट ७५ जनाको ज्यान गइसकेको छ, भने हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या ८ हजार १ सय ६२ पुगेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार