कोरोनाको आशंकामा टेकु अस्पताल भर्ना भएका ३ जनामा संक्रमण देखिएन

Facebook Debugger

काठमाडौं । कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल भर्ना भएका ३ जनामा संक्रमण नभएको पाइएको छ । २ जनाको भने रिपोर्ट आउन बाँकी छ ।


विदेशबाट आएका उनीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको हेल्थ डेस्कले अस्पताल पठाएको थियो । ३ जना सोमबार र २ जना मंगलबार साँझ अस्पताल भर्ना भएका थिए ।
उनीहरु मध्ये ४ जनालाई आइसोलेटेड बेडमा राखिएको थियो भने १ जनामा निमोनियाँ पनि देखिएकाले आईसीयूमा भर्ना गरिएको थियो । ३ जनाको रिपोर्ट नेगेटिभ आएको र उनीहरुलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताए । २ जनाको भने रिपोर्ट आउन बाँकी छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार