बिरामी उपचारमा संलग्न डाक्टरलाई नै कारोना संक्रमण !

Facebook Debugger

काठमाडौं । भारतको लखनऊमा बिरामीको उपचारमा संलग्न एक जना डाक्टरलाई नै कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचार गरिरहेका मेडिसन विभागका डाक्टरलाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।


ती डाक्टरमा कोरोना संक्रमणको लक्षण देखिएपछि परीक्षण गरिएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनलाई अहिले आइसोलेशन वार्डमा भर्ना गरिएको छ ।
भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ, भने हालसम्म १ सय ४१ जनामा संक्रमण पुष्टि भइसकेको छ । अन्य सयौंमा कोरोना भाइरस हुनसक्ने भन्दै समयमै चेकजाँच गर्न आग्रह गरिएको बताइएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार