कोरोनाबाट ज्यान गुमाउने ८ हजार नाघ्यो, अझै २ लाख संक्रमित !

Facebook Debugger

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८ हजार नाघेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार बुधबार अपरान्हसम्म ८ हजार १० जनाले ज्यान गुमाएका छन् ।


चीनमा ३ हजार २ सय ३७ र इटालीमा २ हजार ५ सय ३ जनाको मृत्यु भएको छ । इरानमा ९ सय ८८, स्पेनमा ५ सय ३३, फ्रान्समा १ सय ७५ र अमेरिकामा १ सय १६ जनाले ज्यान गुमाएका छन् ।
दक्षिण कोरियामा ८४ र बेलायतमा ७१ जनाको मृत्यु भएको छ । त्यसैगरी नेदरल्यान्ड्समा ४३, जापानमा २९, स्विजरल्यान्डमा २७ र इन्डोनेसियामा १९ जनाको ज्यान गएको छ । विश्वका १ सय ६७ देशमा फैलिएको कोरोना भाइरस हालसम्म २ लाख ३ सय ५१ जनामा भेटिएकामा करिब ८३ हजार निको भएर घर फर्किएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार