राष्ट्रिय युवा संघले भ्याक्सिन भोलिन्टियर खटाउने

7 Shares

पोखरा । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले कोभिड भ्याक्सिन सहजताका लागि भ्याक्सिन भोलिन्टियर परिचालन गर्ने बताएका छन ।

संघको गण्डकी प्रदेश कमिटीद्वारा आज पोखरामा आयोजित स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा उन्ले उक्त कुरा बताएका हुन ।

अध्यक्ष पौडेलले तीन महिना भित्र हरेक जनतालाई खोप सेवा उप्लब्ध गराउने सरकारी प्रतिबद्दताको स्वागत गर्दै धन्यबाद समेत ब्यक्त गरे । सरकारको उक्त खोप अभियानलाई सजह तथा प्रभाबकारी बनाउन टोल-टोल तहसम्म हज्जरौ स्वयमसेवक परिचालन गर्ने बताए । नेपालमा कोभिड १९ को संक्रमणसगै यसको नियन्त्रण, रोकथाम, राहत तथा उद्दारमा देशव्यापी रुपमा आफ्नो संगठन र हजारौं नेता कार्यकर्ता परिचालित रहेको अध्यक्षले पौडेलले बताए ।

संघका गण्डकी प्रदेश कमिटी प्रमुख महेन्द्र गुरुङको अगुवाई र पहल कदमीमा संकलित उक्त सामाग्रीहरु गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा. डुकबहादुर छेत्रीलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा ५० थान अक्सिजन सिलिण्डर, पिपिई, मास्क्, ग्लोभ्स गरी १० लाख रकम बाराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार