ब्रेकिङ न्यूज : एसईई परीक्षा स्थगित !

Facebook Debugger

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेको छ ।


कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको अनलाइनखबरलाई जानकारी दिए ।
एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।

तर लगत्तै बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठकमा नेताहरुले एसईई परीक्षा स्थगित गर्नुपर्ने धारणा राखेपछि उच्च स्तरीय समिति संयोजक पोखरेलले बुधबारकै निर्णय हुने गरी एसईई स्थगित भएको जानकारी दिएका हुन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार