नयाँबानेश्वर चोकमा आकाशे पुल

काठमाडौं । नयाँ बानेश्वर चोकमा आकाशेपुल निर्माण अन्तिम चरणमा पुगेको छ । भुइँमा तयार पारिएको आकाशेपुल बुधबार जडान गर्न लागिएको छ ।
नयाँ बानेश्वर चोकदेखि पश्चिमतर्फ करिब ५० मिटर टाढा बनाउन लागिएको आकाशे पुल बुधबार क्रेनको सहायताले खम्बामाथि राखिएको हो । सो आकाशे पुल जडानले बानेश्वर चोकमा हुने सडक दुर्घटना र ट्राफिक जाम समेत न्यून भएर जाने सडक डिभिजन कार्यालय काठमाण्डौका प्रमुखले बताए ।

फोटो लोक चन्द« थापा

भौतिक पूर्वाधार तथा यातायत मन्त्रालय,सडक विभाग अन्तर्गत,काठमाडौं सडक डिभिजन कार्यालयले करिब ३ करोड रुपैयाँको लागतमा यो पुल निर्माण गरिएको हो । सो आकाशेपुल ‘मुभेबल’ स्थानन्तरण अर्थात् भविष्यमा खोलेर अर्को स्थानमा लैजान सकिने खालको छ ।

फोटो लोक चन्द« थापा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार