विधुतीय सवारी साधन विषयक अन्तरक्रिया कार्यक्रम

काठमाडौं । विद्युतीय सवारी साधनमा सरकारी नीति र आगामी सम्भावना विषयमा विश्व वातावरण दिवस ९जुन ५० को अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । विश्वमा वातावरण संरक्षण आफैमा जटिल बन्दै गएको परिवेशमा नेपाल अटो डटकमले नेपाल अटोमोबाइल्स एसोसिएसन ९नासा० सँगको सहकार्यमा जुममार्फत गरेको उक्त भर्चुअल अन्तरक्रिया कार्यक्रममा विद्युतीय सवारी साधन प्रवद्र्धन र यसका लागि विभिन्न चुनौतीहरुको वारेमा विशेष रुपमा महत्वपूर्ण विषयमा छलफल गरेको थियो ।

सो कार्यक्रममा यातायात व्यवस्था विभागका प्राविधिक तर्फका निर्देशक रामचन्द्र पौडेलले विद्युतीय सवारी साधन सम्बन्धमा सरकारले लिएको नयाँ नीति र पहिले देखि नै सञ्चालनमा रहेका विभिन्न नीति तथा कार्यक्रमको वारेमा बिस्तृत रुपम जानकारी दिए ।अटोमोबाइलको अन्तर्राष्ट्रिय संस्था एफआईएको इन्भाइरोमेन्ट एन्ड सस्टेनेबल कमिसनका सदस्य गोविन्द भट्टराईले आगामी सन् २०३० देखि मोटर स्पोर्ट्स समेत इलेक्ट्रिक तर्फ हुने तयारी भएको बताउदै तत्काल नभए पनि भविष्य भने इलेक्ट्रिक भेइकल नै भएको कुरा व्यक्त गरेका थिए ।

विषेश गरी नाडाको विद्युतीय सवारी साधन समितिका सभापति ध्रुव थापाले अटोमोबाइल व्यवसायीहरुका लागि इलेक्ट्रिक भेइकल व्यवसायीक महत्वपूर्ण अवसर भए पनि यसतर्फ सरकारको अस्थिर नीतिले अप्ठ्यारो बनाएको कुरा व्यक्त गरेका छ्न । वर्तमान अवस्थामा व्यवसायीहरु उत्साहित भए पनि गुणस्तरीय सवारी साधन आयात गर्न र आगामी दिनमा नेपालमै यस्ता सवारी साधन उत्पादन गर्न समेत प्रोत्साहन गर्नु पर्ने कुरामा जोड दिएका छ्न ।नेपाल न्यु इनर्जी भेइकल एसोसिएसन ९नेभा० का अध्यक्ष नवराज पौडेलले प्रशस्तै राजस्व सरकारले पेट्रोलियम सवारी साधनबाट उठाएको भए पनि यसले निम्त्याएको प्रदूषणले घाटा पुगेको बताए । नेपालमा प्रशस्तै विद्युत उत्पादन भइरहेको सन्दर्भ प्रस्तुत गर्दै पौडेलले यसका लागि आवश्यक सकारात्मक नीति सरकारले ल्याउन र कार्यान्वयन गर्न सकेमा व्यवसायीहरु पनि त्यसै अनुसार उत्साहित भएर अगाडि बढ्ने कुरामा जोड दिएका छ्न ।

इलेक्ट्रिक गाडी विशेषज्ञ अशोक पंगेनीले यस्ता गाडीको ब्याट्रीलाई उपयुक्त तरिकाले चार्ज गर्दा लाइफ बढाउन सकिने र रिसेल भ्याल्यु समेत बढ्ने बताए । ब्याट्रीको मूल्य समेत लगातार रुपमा घटिरहेको र टेस्ला लगायतका विभिन्न कम्पनीहरुले उत्पादन बढाउने तयारी गरिरहेकाले भविष्यमा यस्ता गाडी अझै कम मूल्यमा उपलब्ध हुने बताए । इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स ९आईएई० नेपालका अध्यक्ष सुशील तण्डुकारले अहिलेको अवस्थामा इलेक्ट्रिक सवारी साधन मर्मतका लागि डेडिकेटेड वर्कसपको व्यवस्था प्रतिष्ठित कम्पनीहरुले समेत नगरेको र तालिम प्राप्त मेकानिक्स समेत नभएको बताए । यस्ता कुराहरुमा सुधार गर्न सबै लागि पर्नु पर्ने कुरा व्यक्त गरेका छ्न ।

कार्यक्रममा नासाका सदस्य दिप्रश शाक्यले इलेक्ट्रिक गाडीको प्रयोग बढ्दै जादा भविष्यमा नेपालमा समेत इलेक्ट्रिक मोटर स्पोर्ट्सको समेत विकास गर्न सकिने र वातावरण प्रदुषण नियन्त्रणमा महत्वपूर्ण टेवा पुग्ने धारणा अगाडी सारेका थिए ।त्यसै गरी शाक्यका अनुसार ई–रेसिङको गन्तव्यका रुपमा नेपाललाई प्रयोग गर्न सकिने जस्ले नेपाललाइ महत्वपूर्ण गन्तव्यको रुपमा परिचित गराउने कुरा व्यक्त गरेका थिए ।मुस्ताङमा हुने भनिएको एक्स्ट्रिम ई–कार रेसिङ कोभिडको कारणले स्थगित भएको थियो । रेसिङका यस्ता गन्तब्यहरु नेपालका लागि महत्वपूर्ण अवसर हुने र विधुतीय सवारी साधनको दिगो विकासमा समेत टेवा पुग्ने कुरा व्यक्त गरेका छन ।

समग्र सो अन्तरक्रियामा नेपालमा विद्युतीय सवारी साधनको अवस्था, यसको प्रवद्र्धनका लागि गरिनु पर्ने आावश्यक कार्य, सवारी साधनको प्राविधिक पक्ष, विश्वमा विद्युतीय सवारी साधनको अवस्था र यसले वातावरणमा पार्ने सकारात्मक प्रभावका वारेमा छलफल गरिएको थियो ।नेपाल अटोको फेसबुक पेजमा समेत लाइभ प्रसारण गरिएको कार्यक्रममा वक्ताहरुले सहभागीहरुका विभिन्न जिज्ञासाहरुको समेत सम्बोधन गरेका थिए ।

नासा उपाध्यक्ष सिताराम न्यौपानेको सभापतित्वमा भएको सो अन्तरक्रियामा अर्का उपाध्यक्ष अनिल बरालले मोडरेटरको भूमिका निभाएका थिए । अन्तरक्रियाको संयोजन नेपाल अटोका सल्लाहकार सम्पादक एकराज सुवेदीले गरेका थिए भने प्राविधिक संयोजन इन्जिनियर प्रवेश पौडेलले गरेका थिए ।आगामी दिनमा विधुतीय सावारी साधनको प्रयोग र दिगो विकास तर्फ सबैको महत्वपूर्ण योगदानका लागि यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने कुरा आयोजकले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार