यी ११ सपनाले देख्नु भएको छ ? यदि देख्नु भएको छ भने सचेत रहनुहोस !

Facebook Debugger

काठमाडौं । राति सुतेको बेला हरेक मान्छेले सपना देख्ने गर्छ । सपनाले जीवनमा हुने अनेकौं घटना वा कामको संकेत गर्दछ । कतिपय व्यक्तिको सपना पुग्ने पनि गर्छ । कसै कसैले देखेको सपनाको ठिक विपरित पनि हुन जान्छ । सपनाले मानिसको मृत्युबारे पनि अगाडी नै संकेत गर्दछ । धेरै मानिसहरुको भनाइमा कोही नजिक का आफन्त तथा प्रियजनहरुको मृत्युको अगाडी अनौठो सपना देखिन्छ । धेरै मानिस जम्मा भएको कोही नचली ढल्केर बसेको सपना देखेको केही दिन पश्चात प्रियजनको मृत्युको खबर सुन्नु पर्छ । मृत्युको सपना मरण अनि वियोग सबैभन्दा दुःखद छण हुन । याद गर्नुहोस कुनै मानिसको मृत्यु भन्दा अगाडी यी ११ सपना देखा पर्दछ ।


१.कालो रंग ः कालो रंगको अर्थ हुन्छ थाह नभएको खतरा रहस्य अन्धकार मृत्यु शोक तिरस्कार घृणा वा द्वेष । यो रंगले तपाइलाई तपाईको अचेतनमा हेर्नको लागि उक्साइरहेको हुन्छ तपाइलाई आफ्नो बारेमा बुझ्न डाकिरहेको छ कालो रंगले । प्रेमको कमीलाई पनि जनाउँछ । अनि सहयोग गर्नेहरुको कमी भएको जानकारी दिन्छ । साथै यसले सफा अनि खालीकुरालाई पनि जनाउँछ । तपाईमा केही सम्भावना लुकेर बसेको छ, साथै केही अवसरहरु आउन बाकीँ नै छ भन्ने पनि जनाउँछ । २.सर्प ः अर्थ लागाउन गाह्रो संकेत हो सर्प । फरक फरक संस्कृति अनुसार फरक फरकनै धारणा छ सर्पको बारेमा । भयानक डरको संकेत देखि ज्ञान र शान्तिको पनि अर्थ लगाइन्छ सर्पलाई । ३.कालो बिरालो ः सदियौंदेखि कालो बिरालोलाई रहस्य र कालो जादुको प्रतिकको रुपमा लिइन्छ । कालो बिरालो सपनामा देख्नाले असुरक्षा बढ्ने बुझिन्छ । कुनै थाह नभएको कुराबाट तपाइमा डर पैदा हुदैछ भन्ने पनि बुझिन्छ । नराम्रो साइतको जानकारी पनि दिन्छ यस्तो सपनाले ।
४.दाँत झर्नु ः सपनामा दाँत झरेको देखेमा कोही नजिकको मानिसको मृत्यु हुन्छ भन्ने विश्वास गरिन्छ । तर दाँत दुखेको समयमा सुतेको बेला पनि यस्ता सपना देखिने हुन्छ । ५.कालो चरा ः कालो चरालाई ‘मृत्युको जानकार’ पनि भनिन्छ । जहाँ मानिस मरेका हुन्छन् त्यहाँ कालो रंगको चरा वा कागहरु देखिने गर्छन् । ६.बच्चाको स्याहार ः सपनामा कुनै बच्चालाइ स्याहार गर्दै हुनुहुन्छ, अनि बच्चा रुन पुग्यो भने कि सपना देख्नेको मृत्यु हुन्छ कि त कोही अत्यन्त नजिकको मानिसको मृत्यु हुन्छ ।
७. डुब्न लागेको मानिसलाइ बचाउदा ः सपनामा डुब्न लागेको मानिसलाइ बचाउदा पानीमा हुने आत्माहरुले सजाय स्वरुप बचाउनेलाइ मृत्युको सजाय दिने मान्यता चलिआएको छ । ८. यात्राको योजना ः यदि सपनामा कुनै ठाँउमा जान योजना गर्दै हुनुहुन्छ वा कतै जाननै लाग्नुभएको छ, भने विपनामा तत्कालै त्यो ठाँउमा जान नहुने विश्वास गरिन्छ । यस्तो सपनाले मृत्युलाइ संकेत गर्ने मानिन्छ । ९. दोहोरिने सपना ः कुनै सपना दोहोरिन्छ वा उस्तै प्रकृतिको सपना बारम्बार आइरहन्छ भने त्यस्तो सपनालाइ बेवास्ता गर्न नहुने बताइन्छ । १०.नाच्नु अनि गाउनु ः सपनामा खुसी हुदै नाच्ने गाउने देखिन्छ भने सपना देख्ने मानिसको हत्या हुन्छ भनि विश्वास गरिन्छ । कोहि मानिसले सपनामा शरिरमा तेल लगाइ गधा चढेर हिडेको देख्छ भने उस्को तत्काल मृत्यु हुन्छ । र ११. एक्लै पिउनु सपनामा एक्लै बसेर पिउदै गरेको देखिन्छ भने मृत्यु नजिक आउदैछ भन्ने बुझिन्छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार