तरुण दल सोलुका पदाधिकारीद्धारा स्वास्थ्य सामाग्री वितरण

सोलुखुम्बु । नेपाल तरुण दल सोलुखुम्बुले जिल्लाका विभिन्न कार्यालयलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

तरुण दलले दोस्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना भाईरस (कोभिड-१९) नियन्त्रणमा सहयोग होस भनेर स्वास्थ्य सामग्री वितरण गरेको हो । वितरण गरिएको स्वास्थ्य सामग्रीमध्ये १० हजार माक्स पर्यटन व्यवसायी तथा नेपाली कांग्रेस  सोलुका नेता आङछिरिङ शेर्पाले उपलब्ध गराएका हुन भने, १०० वटा फेसशील नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका सभापति  गोकर्ण बस्नेतले उपलब्ध गराएका हुन् । त्यस्तै १५ थान पीपीई युवा उद्यमी तथा सम्पर्क समिति सचिव सरोज बस्नेतले उपलब्ध गराएको नेपाल तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झाले बताए ।

‘सोलुखुम्बु जिल्लामा पहिलो पंत्तिमा रहेर कोरोना रोकथाममा काम गर्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकारहरुलाई हामीले स्वास्थ्य सामग्री वितरण गरेका हौं ।’ अध्यक्ष झाले भने, ‘हामी पहिलो लहरको कोरोना कहरदेखिनै अति समस्यामा परेका आम जनतालाई सहयोग गरिरहेका छौं ।

वितरित स्वास्थ्य सामग्रीमध्ये स्वास्थ्य कार्यालय सोलुखुम्बुलाई २ हजार मास्क, जिल्ला प्रहरी कार्यालयलाई १ हजार ५ सय मास्क, ४ सेट पिपिई, ३० थान फेसशिल वितरण गरिएको छ । त्यसैगरी शसस्त्र प्रहरी बललाई ७ सय मास्क र २० थान फेसशिल, ट्राफिक प्रहरी कार्यालय सोलुलाई ३ सय मास्क, ४ सेट पिपिई र ५ थान फेसशिल, नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुलाई ५ सय मास्क र १२ थान फेस शिल प्रदान गरिएको अध्यक्ष झाले बताए ।

यस्तै नेपाल महिला संघ सोलुलाई २ सय मास्क, सोलुदुधकुण्ड नगरपालिका वडा नं. ११ तिङलालाई १ हजार ८ सय मास्क, २ सेट पिपिई र ८ थान फेसशिल, थुलुङ दुधकोशी जुबुलाई १ हजार ५ सय माक्स र नेचासल्यान २ वडा कार्यालयलाई १ हजार मास्क वितरण गरिएको अध्यक्ष झाले बताए ।

यो पनि पढ्नुहोस ।

तरुण दल सोलुको समन्वयमा १०० बढिलाई राहत वितरण [भिडियोसहित]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार