सोलुखुम्बुमा ५ दिन थपियो निषेधाज्ञा

जेठ ३१ गतेसम्म निषेधाज्ञा

280 Shares

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा ५ दिन निषेधाज्ञा थपिएको छ । पछिल्लो समय एक हप्ताको लागि थपिएको निषेधाज्ञा अवधि बुधबार राति १२ बजेदेखि सकिएपछि थप ५ दिन थपिएको हो ।

विश्वभर महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाईरस (कोभिड-१९)का संक्रमित सोलुखुम्बुमा पनि बढिरहेकाले निषेधाज्ञाको समय थप गरिएको बताइएको छ । गत जेठ १९ गते प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीको अध्यक्षतामा बसेको डिसिसिएमसिको वैठकको निर्णय अनुसार जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाले बताए ।

निषेधाज्ञाको मोडालिटिमा पुरानै हुनेछ । स्थानीय प्रशासनले लागू गरेको निषेधाज्ञा जिल्लाका सबै नागरिकले पालना गर्न पनि अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार