हायात र द्धारिकाज बन्द, सोल्टीको पनि एउटा विङ बन्द !

Facebook Debugger

काठमाडौँ । ग्राहक अभावमा नेपालका ठुला होटलहरु धमाधम बन्द हुन थालेका छन् । पाँच तारे होटल हायात ६ साताका लागि बन्द भएको छ । द्धारिका होटल पनि बन्द भएको छ । सोल्टी होटलले आफ्ना दुई वटा विङमध्ये एउटा बन्द गरिएको जनाएको छ ।

हायातका सन्चालक डीजे श्रेष्ठले ग्राहक आउन बन्द भएकाले उक्त निर्णय लिनु परेको जानकारी दिए । कोरोना भाइरसको महामारीका कारण नेपालको होटल पर्यटन क्षेत्र नाजुक अवस्थामा पुगेको हो ।

कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रण गर्न नेपालले अधिकांश विदेशीलाई प्रवेश निषेध गरिसकेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार