किन लाग्दैछ भारतमा जनता कर्फ्यू ? मोदीले के भने ? [भिडियोसहित]

Facebook Debugger

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो आइतबार विहान ७ बजेदेखि साँझ ६ बजेसम्म जनता कर्फ्यू घोषणा गरेका छन् ।

उनले जनता कर्फ्यूमा कोही पनि नागरिक घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।

बिहीबार साँझ टेलिभिजन संबोधनमा प्रधानमन्त्री मोदीले कोरोना भाइरसको महामारी रोक्न जनता कर्फ्यूलाई सफल पार्न आह्वान गरेका छन् ।

जनता कर्फ्यूको दिन साँझ ५ बजे घरको ढोकामा उभिएर ५ मिनेट ताली, थाल र घण्टी बजाएर अत्यावश्यक सेवामा खटिएकाहरुको हौसला बढाउन आग्रह गरेका छन् ।

संकटको समयमा आफ्नो एक ख्याल राख्न र अस्पतालमा दबाव नबढाउन पनि मोदीले टेलिभिजन संबोधनमार्फत आह्वान गरेका छन् ।

भिडियो यहाँ छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार