यसकारण यी राशि भएकालाई आज शुभदिन : २०७६ चैत ७ गतेको राशिफल

Facebook Debugger

आज वि.सं. २०७६ चैत ७गते शुक्रवार । तदनुसार इ.स. २०२० मार्च २० तारिख । ने.सं. ११४० चिल्लागा । चैत्र कृष्णपक्ष एकादशी, ८ः०६ उप्रान्त द्वादशी ।

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

कीर्तिमानी काम गर्ने समय छ । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला । सहयोगीहरूले हिम्मत दिलाउनेछन् ।

बृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । समयअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ । केही बाध्यताले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह

शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । अध्ययनमा समय दिन नसकिएला । आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला । सामूहिक काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । आस मारेको नतिजा अन्त्यमा सकारात्मक हुनेछ । तत्काल फाइदा नभए पनि स्रोत पहिचान गर्न सकिनेछ ।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सुन्दर पहिरन र भौतिक साधन जुटाउने समय छ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चापबाट मुक्त रही विश्राम पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा मन रमाउनेछ । विभिन्न सहयोग तथा उपहार प्राप्त भए पनि आफ्नै आलस्य गर्ने बानीले काममा पछि परिनेछ ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ । रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ । विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ । प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ ।

कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थिति सामान्य अनुकूलै रहे पनि अस्वस्थताले काममा बाधा पुग्न सक्छ । घर–व्यवहारले पनि अल्मल्याउन सक्छ । नयाँ काम थाल्न समय पर्खनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला । तापनि मिहिनेतले अवसर दिलाउनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले आंशिक उपलब्धि हुनेछ । सन्तान वा अनुयायीको साथ, सहयोग प्राप्त हुनेछ ।

तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते

हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । ढिलासुस्तीले हातमा आएको मौका गुम्न सक्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । चौपाया तथा भूमिको माध्यमबाट सामान्य लाभ उठाउन सकिनेछ । विश्वासपात्रबाट धोका पाइनेछ र काम दोहोर्याउनुपर्ने हुन सक्छ ।

बृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु

हिम्मतले काम बनाउन सकिनेछ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । सहयोगीहरू जुट्नेछन् भने पहिले दुश्मनी गर्नेहरू पनि मित्र बन्नेछन् ।

धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । वादविवादले आँटेका काममा बाधा पुर्याउने हुँदा सजग रहनुपर्ला । अरूको वचन हार्न नसक्दा दुस्ख पाइनेछ । तर मिहिनेत गर्दा पहिलेका कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुपर्ला । आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा पनि सजग रहनुहोला ।

मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रयत्न गरेको काम छिटै पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी कार्य प्रारम्भ होला । साथ दिनेहरू बढ्नेछन् भने मान–सम्मान समेत पाइनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । सुन्दर पहिरनमा ठाँटिएर आफूलाई आकर्षित तुल्याउन सकिनेछ । नयाँ कामको नेतृत्व लिन सफल भइनेछ ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द

समयमा होस नपुग्नाले खर्च बढ्नेछ । ठूलो प्रयत्नले सामान्य उपलब्धि दिलाउनेछ । तर खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला । परिवारजनबाट समेत टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । आफ्नै कमजोरीले विवाद निम्त्याउला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मनग्गे धन आर्जन हुनेछ र विभिन्न स्रोत-साधन जुट्नेछन् । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ । मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ । आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ । श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल प्राप्त हुनेछ । राशिफमा जेसुकै भए पनि तपाई कर्ममा विश्वास गर्नुस । निरन्तर काममा लाग्नु भाग्य आफै तपाईको पाउमा पर्नेछ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार