तरुण दल सोलुखुम्बुको समन्वयमा १३६ घरपरिवारलाई राहत वितरण [भिडियोसहित]

4.7k Shares

काठमाडौं । नेपाल तरुण दल सोलुखुम्बुको समन्वयमा पर्यटन व्यवसायी एवं नेपाली कांग्रेस सोलुखुम्बुका नेता आङछिरिङ शेर्पाले १ सय ३६ घरपरिवारलाई राहत वितरण गरेका छन् ।

सोलुखुम्बुबाट काठमाडौं आई अस्थायी रुपमा बसोबास गरिरहेका तर अति समस्यामा परेका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई दैनिक उपभोग्य वस्तु राहत स्वरुप वितरण गरिएको हो । नेता शेर्पाले यसअघि पनि तरुण दल सोलुखुम्बुको समन्वयमा १ सय १५ भन्दा बढि घरपरिवारलाई राहत दिएका थिए ।

‘नेपालमा धेरै गरिब कोरोना संक्रमितले एक सिलिण्डर अक्सिजन नपाएर मरेका छन् । गरिबको जीवन त एक सिलिण्डर अक्सिजनको मूल्य बराबर पनि रहेनछ ।’ नेता शेर्पाले भने, ‘गरिब जनता उपचार नपाएर त मरिरहेकै छन्, तर, भोकले नमरुन भनेर मैले सकेको राहत वितरण गरेको हो ।’

‘उपत्यकामा जारी निषेधाज्ञाका कारण अति समस्यामा परेका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई हामीले पहिलो चरणमा पनि राहत वितरण गरेका थियौं । तर, फेरी धेरै मजदुर र विद्यार्थीहरुलाई विहान बेलुकीको छाक टार्न नै समस्या भएको हामीलाई खबर आएकाले पुनः दोस्रो चरणको राहत वितरण गरेका हौं ।’ तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झाले भने, ‘सोलुखुम्बुको विभिन्न स्थानीय तह स्थायी ठेगाना भई अस्थायी रुपमा काठमाडौं उपत्यकाभित्र बसोबास गरिरहनु भएका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई पहिलो प्राथमिकतामा राखेर हामीले सफल पर्यटन व्यवसायी एवं हाम्रो अभिभावक आङछिरिङ शेर्पाको व्यक्तिगत लगानीमा राहत वितरण गरेका हौं ।’

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://youtu.be/L2xumJWbesM

राहत स्वरुप चामल, दाल, नुन र खानेतेल व्यवसायी शेर्पाले उपलब्ध गराएका हुन्, भने थुक्पा मुलिवा नाछिरिङले व्यत्तिगत रुपमा तरुण दल सोलुखुम्बुको समन्वयमा १ सय ३६ मजदुर र विद्यार्थीलाई उपलब्ध गराएका थिए । तरुण दल सोलुखुम्बुले अझै अति समस्यामा परेका काठमाडौंमा अस्थायी रुपमा बसोबास गरिरहेका सोलुखुम्बेली दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई राहत उपलब्ध गराउने अध्यक्ष झाले बताए ।

यो पनि पढ्नुहोस ।

तरुण दल सोलुको समन्वयमा १०० बढिलाई राहत वितरण [भिडियोसहित]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार