सोलुखुम्बु सदरमुकाम सल्लेरीको एक होटलमा युवा मृत भेटिए

7.2k Shares

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीको एउटा होटलमा एक युवा मृत अवस्थामा भेटिएका छन् ।

जिल्लाको महाकुलुङ गाउँपालिका २ पेल्माङका अन्दाजी २७-२८ वर्षिय मिलन कुुलुङ सोमबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरीले बताएका छन् ।

विगत ४ दिनदेखि होटलमा बसेका कुलुङको बिहान १० बजे होटल भित्रै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालिय सोलुखुम्बुका एक प्रहरीले बताए । शव भेटिएको क्षेत्रलाई प्रहरीले निगरानी बढाएको छ । मुत्यु के कारणले भएको हो भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार