जिपी कोइराला अध्ययन केन्द्र सालुखुम्बुको अध्यक्षमा शर्मा !

Facebook Debugger

काठमाडौं । गिरिजा प्रसाद कोइराला (जिपी) अध्ययन केन्द्र सोलुखुम्बुको अध्यक्षमा हेमराज शर्मा कटेल चयन भएका छन् ।

नेपालको लोकतान्त्रीक आन्दोलनका युग पुरुष नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १० औं स्मृति दिवसको अवस पारेर अध्ययन केन्द्रले शर्मालाई अध्यक्षमा मनोनयन गरेको हो ।

अध्यन केन्द्रले ७७ जिल्लामै आफ्नो शाखा विस्तार गर्ने क्रममा स्व.कोइरालाको १० औं स्मृति दिवसको अवसमा सोलुखम्बुको जिम्मेवारी नेविसंघका नेता कटेललाई दिएको केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारीले बताए । मनोनयको पत्र हस्तान्तरण गर्दै अध्यक्ष अधिकारीले गिरिजाबाबुले सुरु गर्नुभएको सहमति, सहकार्य र एकताको मार्गबाटमात्र शान्ति र सम्वृद्धिको लक्ष्य पूरा हुने भएकाले जिल्लामा सबै पक्षसँग सहकार्य गरि अगाडी बढ्न आग्रह गरे ।

सोलुखुम्बु जिल्लाको अध्यक्षको जिम्मेवारी लिएसँगै जिल्लामा सबै पक्षसँग सरसल्लाह गरी कार्यसमितिलाई पूर्णता दिदै गिरिजाप्रसाद कोइरालाको विचारलाई जनस्तरसम्म पुर्याउन आफू प्रतिवद्ध रहेको नवनिर्वाचि अध्यक्ष शर्माले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार