टानले दिने राहत हिमालयन म्याजिक ट्रेक्सको मजदुरले नलिने

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले दिन लागेको राहत हिमालयन म्याजिक ट्रेक्सले नलिने घोषणा गरेको छ ।

पर्वतीय पर्यटन श्रमिक, विभिन्न ट्रेकिङ कम्पनीमा काम गर्ने मजदुरहरुका लागि टानले दिन लागेको राहत हिमालयन म्याजिक ट्रेक्सका मजदुरहरुले नलिने घोषणा गरेका हुन् ।

हिमालयन म्याजिकको भन्दा अन्य कम्पनीहरुमा काम गर्ने श्रमिकहरुको अवस्था नाजुक भएकाले टानले दिन राहत नलिने घोषणा गरेको हिमालयन म्याजिक ट्रेक्सका म्यानेजिङ डाइरेक्टर नविन कार्कीले बताए । ‘हाम्रो कम्पनीमा आबद्ध कामदारहरु अहिलेसम्म ठिकै छन् । हाम्रो कामदारहरु भन्दा अरु कम्पनीमा काम गर्ने श्रमिकहरु धेरै पिडित भएकाले हाम्रो कम्पनीका कुनै पनि श्रमिकले राहत नलिने घोषणा गरेका हौं ।’ म्यानेजिङ डाइरेक्टर कार्कीले भने, ‘अहिलेको परिस्थितिमा हाम्रो पनि त्यत्ति राम्रो आर्थिक अवस्था त छैन, तै पनि हामीभन्दा धेरै पिडित र समस्यामा परेका श्रमिकहरुलाई थप सहयोग पुगोस भनेर हामी सबैले टानले दिने राहत नलिने घोषणा गरेका हौं ।’

म्याजिक ट्रेक्सका कुमार राई, दिपक कार्की, सिताराम कार्की, कृष्णबहादुर कार्की, निरकुमार बस्नेत लगायत कम्पनीका सम्पूर्ण कामदारले टानको राहत नलिने घोषणा गरेको म्यानेजिङ डाइरेक्टर कार्कीले बताए ।

टानका प्रथम उपाध्यक्ष चोलेन्द्रबहादुर कार्कीको संयोजकत्वमा ७ सदस्यीय ‘टान फुड बैंक’ व्यवस्थापन उपसमिति गठन गरी पर्यटन श्रमिकहरुलाई राहत दिने घोषणा गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार