गायक कुबेर राईको ‘आफ्नै गाउँको’ गीत सार्वजनिक [भिडियोसहित]

काठमाडौं । पूर्वेली गायक कुबेर राईको आवाजमा रहेको ‘आफ्नै गाउँको ढुंगा प्यारो’ बोलको सन्देशमूलक गीत सार्वजनिक भएको छ ।

पविधन खालिङ अफिसियल युट्युब च्यानलबाट गायक राईको आवाजमा रहेको सन्देशमूलक गीत सार्वजनिक भएको हो । गीतमा आफ्नै गाउँठाउँको ढुंगा, धुलो प्यारो लाग्ने मार्मिक अभिव्यक्ति व्यक्त गरिएको छ । यक्ति मात्र होइन संसारकै ठूलो आमा भन्दा अरु केहि हुँदैन भन्ने कटु सत्यलाई पनि मार्मिक रुपले उठाइएको छ ।

गीतमा आफ्नो जन्भूमी छोडेर परदेशीएका नेपालीहरुलाई आफ्नै गाउँ प्यारो लाग्छ भन्ने सन्देश पनि दिएको छ । आफ्नो गाउँ सम्झेर हरेक साँझ भक्कानिएका आम नेपालीहरुलाई गीतले प्रतिनिधित्व गरेको छ ।

गीतको शब्द रचना उदिम किरातीले लेखेका छन् । संगीत कम्पोज, एरेञ्ज पविधन खालिङ र भिडियो छाँयांकन धन खालिङले गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार