भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुग्यो, एकैदिन ५५ नयाँ संक्रमित !

Facebook Debugger

काठमाडौँ । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसको संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ, भने २५० जनामा संक्रमण देखिएको छ ।

बितेको २४ घण्टामा मात्रै भारतमा ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतमा उपचारपछि निको भएर घर फर्किएकाहरुको संख्या २३ रहेको छ ।

कोरोना भाइरसको बारेमा जानकारी दिन र सुरक्षित हुन अपिल गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार जनता कफ्र्यू लगाउने बताएका छन् । प्रधानम्नत्री मोदीले भारतीय नागरिकलाई सम्बोधन गर्दै यसमा सबैले साथ दिन र एक दिन घर बाहिर कोहि पनि ननिस्कन आग्रह गरेका हुन् । सबै नागरिकले साथ दिए भारतमा कोरोनाले धेरै मानविय क्षति नगर्ने पनि उनले बताएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार