‘युवाहरूमा पनि कोरोनाभाइरस सङ्क्रमणको जोखिम छ,’ : डब्ल्यूएचओ

Facebook Debugger

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले युवाहरूमा पनि कोरोनाभाइरस सङ्क्रमणको जोखिम रहेको भन्दै उनीहरूलाई वृद्ध र बढी खतरामा रहेका मानिसहरूसँग भेटघाट र कुराकानी नगर्न भनेको छ ।

युवाहरूको व्यवहार अन्य व्यक्तिको लागि जीवन र मरणबीचको फरक हुनसक्नेु डब्ल्यूएचओका प्रमुख डा टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका छन् । संसारभर कोभिड–१९ का कारण ११ हजार भन्दा धेरै मानिसको ज्यान गएको छ ।

झण्डै २ लाख ५० हजार मानिसहरूमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोनाभाइरसबाट युवाहरूलाई जोखिम कम भएको विवरणबीच धेरै देशहरूमा युवाहरूले स्वास्थ्य सुझाव पालना नगरेको समाचार आएपछि डब्ल्यूएचओका प्रमुखको भनाइ आएको हो ।

कोरोनाभाइरस सङ्क्रमण चीनबाट सन् २०१९ को डिसेम्बरमा शुरू भएपनि अहिले युरोप यसको केन्द्रविन्दु बनेको छ । सबैभन्दा धेरै मानिसको ज्यान इटलीमा गएको छ जहाँ शुक्रवारसम्म ४ हजार ३२ जनाको मृत्यु भइसकेको छ ।

अनलाइन पत्रकार सम्मेलनमा बोल्दै डा टेड्रोस एड्हानोम गेहब्रेयससले भनेस् धेरै उमेरका मानिसहरूलाई बढी प्रभावित पारेपनि यसबाट युवा जोखिममुक्त छैनन् । मसँग युवाहरूको लागि सन्देश छ, तपाईँहरू जोखिममुक्त हुनुहुन्न, यो भाइरसले तपाईँलाई हप्तौँसम्म अस्पतालमा राख्न सक्छ र मार्न पनि सक्छ । तपाईँ बिरामी नभएपनि तपाईँको के गर्ने भन्ने निर्णय अन्य व्यक्तिका लागि जीवन वा मरणको सवाल बन्न सक्छ ।

उनले वुहानमा नयाँ सङ्क्रमण नदेखिएको भन्दै चिनियाँ सहरको प्रशंसा गरे । उनले यसले बाँकी विश्वका लागि आशा पैदा गरेको बताए । अध्ययनहरूले सबै उमेरका मानिसहरूलाई यो भाइरसको सङ्क्रमण हुनसक्ने देखाएको छ ।

तर वृद्धवृद्धा र अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरूमा यो सबैभन्दा घातक देखिएको छ । इटलीमा कोभिड–१९ बाट मृत्यु हुनेको औसत उमेर ७८.५ रहेको छ । न्यूयोर्क टाइम्सका अनुसार चीनमा ५० वर्षभन्दा कम उमेरका व्यक्तिको मृत्युदर एक प्रतिशतभन्दा कम छ ।

तर ८० वर्ष उमेर नाघेका १५ प्रतिशत मानिसमा यो घातक छ । रोयटर्सका अनुसार डब्ल्यूएचओले यसको सङ्क्रमण रोक्न सामाजिक दूरीभन्दा पनि शारीरिक दूरी राख्नुपर्ने नयाँ सुझाव दिन थालेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार