भारतबाट आएका ३ जनालाई कोरोनाको आशंकामा सेती अस्पताल भर्ना !

Facebook Debugger

कैलाली । कोरोना भाइरस संक्रमणको आशंकामा ३ जनालाई धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

भारतबाट आएका उनीहरूलाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि अस्पताल भर्ना गरिएको अस्पतालको इमर्जेन्सी विभाग प्रमुख डा. जगदीश जोशीले बताए ।

तीनै जनालाई अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको उनले जानकारी दिए ।

उनीहरूको खकार नमूना संकलन गरी शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको डा. जोशीले जानकारी दिए । अखबारको रिपोर्ट सोमबार रिर्पोट आउने डा. जोशीले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार