गजल चिता :सार्वजनिक

काठमाडौं । गजल चिता,वर्तमान विषम परिस्थिति कोरोना महामारीले,मानव सभ्यतामाथि नै गहन प्रश्न खडा गरेको अवस्था छ । दिनमा कति मानव चिता जल्छ होला,यस जगतमा त्यसको कुनै गणना छैन । यस्तै वर्तमान विश्व यार्थाथ परिस्थितिलाई गजलकारले गजलमा समाहित गरेका छन् । सार्वजनिक गरिएको गजलमा समेटिएका शब्दले वर्तमान परिस्थितिलाई  चित्रण गरेको छ ।

सो चिता गजलका रचनाकार रमेश थापाले हालसम्म दुई दर्जन भन्दा बढी गीत र गजल लेखेका छन् । रचनाकार रमेश थापा चलचित्रकर्मी,कलाकार समेत हुन् थापाले केहि चलचित्र र विज्ञापनमा समेत अभिनय गरेका छन् । सो गजल गायक राजेश पायल राईले गाएका छन् भने,उक्त गजलमा कन्काइष्ट राईले संगीत भरेका छन् । सो गजल पर्यटकीयनगरी पोखरामा एक कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार