नेपालमा थप २,७६८ जनामा कोरोना पुष्टि, ४४ जनाको मृत्यु

काठमाडौं । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)बाट नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अधिकारीका अनुसार ७ हजार ५ सय ६९ जनामा भएको पीसीआर परीक्षणमा १ हजार ९ सय ६३ र ५ हजार ४ सय ६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय ५ गरी २ हजार ७ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ भने ४ हजार २० जना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार