व्यवसायी आङछिरिङद्धारा त्रिविका १०६ जना विद्यार्थीलाई राहत वितरण [भिडियोसहित]

अहिलेसम्म १,४७० घरपरिवार बढिलाई राहत वितरण

काठमाडौं । सफल पर्यटन व्यवसायी एवं नेपाली कांग्रेस सोलुखुम्बुका नेता आङछिरिङ शेर्पाले १ सय ६ जना विद्यार्थीहरुलाई राहत वितरण गरेका छन् ।

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)लाई रोकथाम गर्न सरकारले निषेधाज्ञा लम्ब्याएपछि अति समस्यामा परेका त्रिभुवन विश्व विद्यालय कीर्तीपुरका १ सय जना विद्यार्थीहरुलाई व्यवसायी शेर्पाले राहत वितरण गरेका हुन् । यसअघि पनि शेर्पाले निषेधाज्ञाका कारण अति समस्यामा परेका त्रिवि कीर्तीपुरका १ सय ६ जना विद्यार्थीहरुलाई राहत वितरण गरेका थिए ।
‘सरकारले निषेधाज्ञा लम्ब्याउँदै गएकाले उपत्यका बाहिरबाट आएका विद्यार्थीहरु अति समस्यामा परेको जानकारी आएपछि आफूले सकेको राहत उपलब्ध गर्न आएको हो ।’ व्यवसायी शेर्पाले भने, ‘गत वैशाख १६ गते देखि निषेधाज्ञा शुरु भएसँगै मैले उपत्यकाका विभिन्न सुकुम्बासी टोल, अति समस्यामा परेका दैनिक श्रमजीवी मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गर्दै आएको छु । यो भन्दा अघिल्लो पटक केहि विद्यार्थी नेताहरुले मलाई सम्पर्क गरी यहाँ पढ्ने विद्यार्थीहरुलाई समस्या परेको भन्ने खबर आएपछि मैले राहत लिएर आएको थिए । फेरी केहि दिन अघि विद्यार्थी नेताहरुले अझै समस्यामा विद्यार्थीहरु छन भनेर मलाई खबर गर्नुभयो । र आज राहत दिन आएको छु ।’

भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

गत वैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञा यता व्यवसायी शेर्पाले अहिलेसम्म १ हजार ४ सय ७० घरपरिवार बढिलाई राहत वितरण गरिसकेका छन् । मानविय सेवामा लाग्दा आफूलाई छुट्टै आनन्द आउने शेर्पाको भनाई छ । अझै निषेधाज्ञा थप भए अति समस्यामा परेका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई राहत उपलब्ध गराउने पनि शेर्पाले बताए । राहत स्वरुप चामल, दाल, नुन, खानेतेल र माक्स वितरण गरिएको छ ।

राहत वितरण कार्यक्रममा तरुण दल सोलुखुम्बुका अध्यक्ष एवं महाधिवेशन प्रतिनिधी अशोककुमार झा, नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समिति सभापति गोकर्ण बस्नेत, उपसभापति चन्द्र खालिङ, समाजसेवी छिरिङङिमा शेर्पा, दिपेश कुलुङलगायत अन्य विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस ।

व्यवसायी आङछिरिङद्धारा ७१ घरपरिवारलाई राहत वितरण

तरुण दल सोलुखुम्बुको समन्वयमा १३६ घरपरिवारलाई राहत वितरण [भिडियोसहित]

तरुण दल सोलुको समन्वयमा १०० बढिलाई राहत वितरण [भिडियोसहित]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार