थुलुङ दुधकोशीमा बाहिरबाट जानेले ३ दिन सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको गाउँपालिकामध्ये सबैभन्दा ठूलो गाउँपालिका थुलुङ दुधकोशीमा कोरोना भाइरसबाट बच्नको लागि बाहिरबाट गाउँपालिका प्रवेश गरेपछि ३ दिनसम्म सेल्फ क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने नियम लागू गरिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ बाट बच्नको लागि नेपाल सरकारको सर्कुलर अनुसार आफ्नो गाउँपालिकालाई सुहाउँदो नियम लागू गरिएको थुलुङ दुधकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले बताए । ‘गाउँपालिकाको आम नागरिकको जनस्वास्थ्यलाई प्रतिकुल असर पार्न सक्ने सम्भावनालाई दृष्टिगत गरी यस्तो सचेतना अपनाइएको हो ।’ अधिकृत राईले भने ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा गठित कोभिड(१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको २०७६ चैत्र ५ गतेको बैठकको निर्णय अनुसार गाउँपालिकाभित्र सचेतनाका लागि यस्तो नियम अपनाइएको हो । गाउँपालिका भित्र कुनै पनि प्रकारका बृहत भेला, सभा, समारोह नगर्ने र राजधानी लगायत अन्य क्षेत्र र बाहिर जिल्लाबाट यस गाउँपालिका प्रवेश गर्ने नागरिकहरुले न्युनतम ३ (तीन) दिन आ-आफ्नो घरमा परिवारका अन्य सदस्यबाट छुट्टै सुरक्षित बस्न (Self Quarantine) र नियमित साबुन पानीले हात धुन एवम् सरसफाईमा ध्यान दिन पनि अनुरोध गरिएको अभिकृत राईले बताए ।

साथै गाउँपालिकाभित्र सञ्चालनमा रहेका हाटबजारलाई अर्को व्यवस्था नभएसम्म पुर्ण रुपमा बन्द गर्ने अध्यक्ष स्तरको बैठकबाट निर्णय भएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार