लुक्ला उडेको समिटको जहाज रामेछापको आकाशमा एउटा इञ्जिन फेल भएपछि … !

Facebook Debugger

काठमाडौं । एउटा इन्जिन फेल भएपछि काठमाडौंबाट लुक्ला उडेको समिट एयरको जहाज रामेछापमा आकस्मिक अवतरण गरेको छ ।

चालक दलका सदस्यसहित १८ जना बोकेको जहाजको इन्जिनमा खराबी आएपछि रामेछापमा आकस्मिक अवतरण गरेको रामेछाप विमानस्थल प्रमुख अमित चौरसियाले जानकारी दिए ।

जहाज बिहान ९ बजे विमानस्थलमा अवतरण गरेको थियो । समिटको ‘९ एन एएमजी’ कल साइनको विमान आकस्मिक अवतरण गर्नु परेको थियो ।

यात्रुलाई तारा एयरले लुक्ला लगिसकेको छ । जहाजलाई प्राधिकरणको प्राविधिक टोलीले चेकजाँच गर्नेछ । त्यसपछि मर्मत गरी उडानयोग्य बन्ने छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार