डब्लुएचओले नेपाललाई भन्यो, ‘भारततर्फका नाका तत्कालै बन्द गर्नू’

Facebook Debugger

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले भारतसँगका सबै नाका तत्काल बन्द गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि डब्लुएचओले सीमानाका तत्काल बन्द गर्न नेपाल सरकारसँग आग्रह गरेको हो ।

तीनतिरबाट जोडिएको भारतीय सीमा नाकाबाट हरेक दिन हजारौँको संख्यामा नेपाली तथा भारतीय नेपाल आउने गरेका छन् ।

कोरोना रोकथामका लागि डब्ल्युएचओका महानिर्देशक डा. टेड्रोस अधानोमको नेतृत्वमा बनेको ‘न्युक्लिसय टिम’ले आइतबार बिहान गरेको नियमित पत्रकार सम्मेलनमा नेपाल सरकारलाई यस्तो सुझाव दिइएको हो ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमानाका बन्द गर्न भारतीय विदेशमन्त्री एस जयशंकरसँग वार्ता गरे पनि भारतीय पक्षबाट अहिलेसम्म कुनै ठोस जवाफ प्राप्त भएको छैन ।

डब्लुएचओले सीमानाकाबाट आउनेहरुलाई स्वास्थ्य परीक्षण गरी १४ दिनसम्म क्वारेन्टाइनमा बस्न र संक्रमण फैलिइहालेमा नियन्त्रणका लागि आपत्कालीन संयन्त्र बनाउन पनि नेपाल सरकारसँग आग्रह गरेको छ ।

नेपाल सरकारको कोभिड-१९ नियन्त्रण उच्चस्तरीय समितिले शनिबार नेपाल–भारत सीमामा कडाइ गर्ने निर्णय गरे पनि कस्तो कडाइ भन्ने स्पष्ट छैन ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार